FAQs Complain Problems

समाचार

भुकम्प गएपछी न.पा.को क्रियाकलापहरु

२०७२ साल बैशाख १२ गते दिनको ११.५६ बजे आएको भुकम्पले नगरपालिका क्षेत्रभित्र पुर्याएको क्षतिका सम्बन्धमा व्यास नगरपालिकाबाट राहत स्वरुप गरिएका क्रियाकलापहरु

 

१. व्यास नगरपालिका क्षेत्रभित्र मानवीय क्षति नभएको र भौतिक संरचनाहरुको क्षति हुन गएको भन्ने मौखिक जानकारी पाए पश्चात २०७२।१।१२ गते कार्यकारी अधिकृत हुमनाथ शर्मा ढकालको निर्देशन अनुसार दिनको २ बजेदेखि नगरपालिकाका इन्जिनियर श्री रविन्द्रलाल मूलको नेतृत्व कम्प्युटर अधिकृत श्री गोकर्णराज वाग्ले, ना.सु. श्री कृष्णप्रसाद पौडेल, अमिन श्री यमप्रसाद पौडेलहरुबाट व्यास नगरपालिका वडा नं.४, ५ र ९ नं. मा स्थलगत निरीक्षण गरी भुकम्पबाट क्षति भएका घरको फोटो खिच्नुका साथै भुकम्पबाट आत्तिएका नगरवासीहरुलाई सान्त्वना दिने कार्यहरु गरियो ।

२. २०७२।१।१३ गते बिहान ७ बजेदेखिनै नगरपालिका कार्यालयमा भुकम्पसम्बन्धी हेल्पडेक्सको स्थापना गरी सो सम्बन्धी जानकारी गराउने, भुकम्पबाट क्षति भएका नगरवासीहरुको विवरण टिप्ने कार्य गरिनुका साथै कार्यकारी अधिकृत श्री हुमनाथ शर्मा ढकालको निर्देशनमा नगरपालिका कार्यालयमा बरिष्ठ आन्तरिक लेखापरीक्षक श्री कुमारकंचन जि.सी.को संयोजकत्वमा लेखा अधिकृत श्री मेघनाथ आचार्य, इन्जिनियर श्री रविन्द्रलाल मुल, शाखा अधिकृत श्री कृष्णराज घिमिरे, समुदाय परिचालक श्री पुष्पराज आचार्य, ना.सु. श्री कृष्णप्रसाद पाैडेल, ना.सु. श्री अर्जुन गिरी रहने गरी ७ सदस्यीय नगर प्रकोप उद्दर सचिवालय गठन गरियो । उक्त सचिवालयको बैठक बसी सम्पूर्ण वडा सचिवहरु र समुदाय परिचालकहरुलाई आफ्नो आफ्नो वडामा गई वडास्तरीय प्रकोप व्यवस्थापन समितिको बैठक राखी यथाशिघ्र भुकम्पबाट क्षतिग्रस्त घरहरुको विवरण टोल विकास संस्था, वडा नागरिक मंच, नागरिक सचेतना केन्र्द आदिको सहयोगमा संकलन गर्नका लागि निर्देशन गरियो । साथै उक्त दिन जिल्ला प्रकोप व्यवस्थापन समितिको बैठक समेत प्रमुख जिल्ला अधिकारीज्यूको संयोजकत्वमा बस्यो । उक्त बैठकमा नगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत श्री हुमनाथ शर्मा ढकाल र इन्जिनियर श्री रविन्द्रलाल मुलको सहभागी रहेको थियो । उक्त बैठकले तत्कालका लागि जिल्ला दैवी प्रकोप उद्दार समितिबाट १०० वटा पाल र १०० वटा पाल सम्बन्धित नगरपालिका वा गाविसले नै व्यहोर्ने गरी भुकम्पबाट क्षति भएका घरधुरीहरुलाई वितरण गर्ने निर्णय गर्यो । जस अनुसार वडा नं.१ र ४ मा कार्यकारी अधिकृत श्री हुमनाथ शर्मा ढकालको नेतृत्वमा क्षति भएका घरहरुको निरीक्षण गर्दै नगरवासीहरुलाई पाल वितरण गर्ने कार्य गरियो । साथै उक्त दिन भुकम्पबाट कम क्षति हुने सम्बन्धी सूचना नगरवासीहरुलाइ माइकिड. मार्फत दिइयो । 

 

 ३. २०७२।१।१३ मा वडा सचिवहरुलाई दिइएको निर्देशन अनुसार नगरपालिका क्षेत्रभित्र २०७२।१।१४ गतेसम्ममा भुकम्पले गराएको क्षति सम्बन्धी प्रारम्भिक विवरण निम्नानुसार रहेकोछ ।

वडा नं.            घरमा भएको क्षतिको विवरण

                       पूर्ण क्षति               आंसिक

१                    १९                       ३६

२                    ०                        १

३                    १२                       ८०

४                    २०                       २२०

५                    १३                       ३८

६                    ६                        ५५

७                    २                        ०

८                    ४                        २४

९                    ४०                       ५६

१०                    ०                        २

११                    ०                        ६

१२                    ७                        २३

१३                    ४                        १८

१४                    ९                        १६

जम्मा              १३६                      ५७५

कार्यकारी अधिकृत श्री हुमनाथ शर्मा ढकालको नेतृत्वमा वडा नं.४, ५ र ९ नं. वडाहरुमा स्थलगत निरीक्षण गर्दै पाल वितरण गर्ने कार्यलाई निरन्तरता दिइयो ।

४. २०७२।१।१५ गते बिहान ८ बजे नगर सर्वदलिय संयन्त्रको बैठक राखी नगरपालिका क्षेत्रभित्र भुकम्पबाट क्षति भएका नगरवासीहरुको लगत लिई घरमा बस्नै नहुने गरी क्षति भएका नगरवासीहरु सम्पूर्णलाई १÷१ वटा पाल वितरण गर्ने निर्णय गरियो । सोही दिन बरिष्ठ आलेप अधिकृत श्री कुमार कंचन जि.सी.को नेतृत्वमा नगरपालिका क्षेत्रभित्रका विभिन्न वडाहरुमा भुकम्पले भत्केका घरहरुको निरीक्षण गर्दै पाल वितरण गर्ने कार्यलाई निरन्तरता दिइयो गरियो ।

२०७२।१।१२ र २९ गतेको महाभुकम्पबाट नगरपालिका क्षेत्रभित्र भएको क्षतिको विवरण हेर्न यहां क्लिक गर्नुहोस्

 

नोट: न.पा.भित्र भुकम्पबाट भएको नोक्सान र राहात सम्बन्धी फोटो हेर्न www.facebook.com/vyasmunicipalitywww.vyasmun.gov.np को फोटो ग्यालरी मा गइ हेर्न सकिने छ ।