FAQs Complain Problems

समाचार

भुकम्प २०७२ सम्बन्धी न.पा.को अपिल २०७२-०१-१६

हार्दिक अपिल

मिति २०७२ वैशाख १२ गतेको महाविनासकारी भुकम्पबाट ठुलो धनजनको क्षती हुनुका साथै कैयौं ऐतिहांसिक धरोहरहरु समेत ध्वस्त भएका र राष्ट्र नै शोकाकुल रहेको विषयमा हामी सबै जानकार नै छौ । सिंगो राज्य नै प्रकोप संग जुझी रहेको यस दुःखद घडीमा स्वयं आफ्नो, आफ्नो निकटको र समग्रमा राज्यका सम्पुर्ण पिडीतहरु लाई नै सहयोग गर्नुपर्ने हाम्रो प्रमुख दायित्व रहेको छ । तनहुं जिल्लामा रहेको यस नगरपालिका भित्र कुनै मानविय क्षती नभए पनि व्यक्तिगत घर टहराहरुको क्षती भएको पाईएको छ । जिल्ला  दैवी प्रकोप उद्धार समितिको समन्वयमा यस नगरपालिका बाट पिडीत व्यक्तिहरुलाई तत्काल राहत स्वरुप केही पालहरु वितरण गरी सकिएको र अझै पनि स्थलगत निरिक्षणका आधारमा पूर्ण रुपले घर क्षती भएका घरपरिवारलाई पाल वितरण गर्ने कार्य जारी नै रहेको छ । भुकम्पबाट भएको पूर्ण र आंशिक क्षतीको विस्तृत विवरण लिने काम भै रहेको छ । यस प्रकारको कठिन परिस्थितीमा आंफुलाई पूर्ण सचेत र संयमित राख्ने,आफ्ना परिवारजन तथा अन्य सबै नागरिकलाई सक्दो सहयोग गरिदिन हार्दिक अनुरोध गर्दै निम्न विषयहरुलाई विशेष महत्व दिई सहयोग तथा कार्यान्वयन गरिदिनुहुन सम्पुर्ण महानुभावहरुलाई हार्दिक अपिल गर्दछौ ।

१. पूर्ण क्षती भएका घरहरुलाई तत्काल राहत स्वरुप एक–एक वटा पाल वितरण गरिएको छ । एउटा मात्र पाल अप्रयाप्त पनि हुन सक्ने हुंदा वस्तुभाउ तथा अन्नपातहरु लाई नजिकको सुरक्षित गोठ तथा  घरमा राखी वा अन्य वैकल्पिक व्यवस्था गरी तिनीहरुको सुरक्षा मिलाउनु हुनेछ ।

२ भुकम्प गैरहेको समयमा सम्भावित खतरा महशुस गरी विगत ४ दिन देखि बजार क्षेत्र भित्रका जनसमुदायहरुले प्रयोग गरेको खुल्ला क्षेत्र,चउरहरु र चोकहरु फोहर भै प्रदुशित भैरहेको र त्यसबाट विभिन्न रोगहरु समेत फैलिन सक्ने सम्भावना भएकोले त्यस्ता खुला क्षेत्रहरुको आजै सरसफाई गर्न सहयोग गर्नु हुनेछ ।

३  यो राष्ट्रिय विपत्तीमा संयमता र सतर्कताले ठुलो महत्व राख्ने  हुन्छ । तसर्थ पूर्ण संयमित र सुरक्षित भै आंफुमा आश्रित बालबालिका,जेष्ठ नागरिक,अशक्त,अपाङ्गता भएका व्यक्तिहरु र सहयोगको आवश्यकता भएका अन्य पिडीत व्यक्तिहरुलाई समेत आफ्नो क्षमता अनुसार सहयोग गरिदिनु हुनेछ ।