FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा अन्तरगत नया परिचय पत्र एंवम नविकरण सम्बन्धी सूचना

प्रस्तुत विषयमा यस व्यास नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने २०७३ असार महिना भित्र ७० वर्ष उमेर  पुग्ने जेष्ठ नागरिक अन्य, ६० वर्ष उमेर पुग्ने जेष्ठ दलित नागरिक, ६० वर्ष उमेर पुग्ने विधवा महिला, एकल महिला, लोपोन्मुख आदिबासी जनजाति,  पूर्ण अशक्त अपाङ्ग (क) वर्ग (रातो कार्ड), आंशिक अशक्त अपाङ्ग (ख) वर्ग (निलो कार्ड) र ५ वर्ष मुनिका दलित बालबालिकाहरुले परिचय पत्र प्राप्त गर्नका लागी २०७२ भदौ १ गते देखी २०७२ कार्तिक मसान्त सम्म यस कार्यालयमा आई अनुसुची ६ को (क) (ग) (३) (ङ) (च) (५) र (ज) बमोजिमको ढाचामा दरखास्ता दिनुहुन अनुरोध गरिन्छ । साथै हाल सम्म परिचय पत्र प्राप्त गरी भत्ता खाईपाई आएका व्याक्तिहरुले समेत आगामी आ.व. २०७३।०७४ मा भत्ता पाउनका लागी भदौ १ गते देखी २०७२ कार्तिक मसान्त सम्म यस कार्यालयमा आई अनुसुची ५ अनुसारको ढाचामा दरखास्त दिई अनिवार्य रुपमा नविकरण गराउनु हुन समेत सम्वन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।    

नोट: उक्त मिति भित्र दरखास्त दिई दर्ता तथा नविकरण नगर्नेहरुले २०७३ श्रावण  १ गते देखि भत्ता प्राप्त गर्न नसक्ने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ ।