FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

 बिद्यालयस्तर वातवरण तथा सरसफाई समन्धी अभिमुखीकरण तालिम जेष्ठ ३२ , २०७३ साल

vyas municipality,

आयोजना संचलान तथा व्यस्वथापन प्रशिक्षण कार्यक्रम

 विक्षारोपण कार्यक्रम

पृथ्वीराजमार्गको तनहुँ खण्डमा बन्यो ‘सरसफाई मानव साङ्लो

पृथ्वीराजमार्गको तनहुँ खण्डमा बिहीबार ‘सरसफाई मानव साङ्लो’ बनेको छ । जिल्ला स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको आव्हानमा राजमार्ग अन्तर्गत तनहुँको कोत्रेदेखि मुग्लिङसम्मको खण्डमा मानव साङ्लो बनाइएको हो ।
तनहुँ जिल्लालाई सन् २०१७ सम्म पूर्ण सरसफाईयुक्त जिल्ला बनाउने लक्ष्य राखिएको छ । सरसफाईमा सबै जिल्लावासीको प्रतिबद्धता जनाउन ‘सरसफाई मानव साङ्लो’ बनाइएको जिल्ला स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख हरिदत्त पौडेलले बताए ।
बिहान ९ बजेदेखि ९ः३० बजेसम्म पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको कोत्रेदेखि मुग्लिङसम्मको ७२ किलोमिटरमा हजारौं व्यक्तिहरुको सहभागितामा मानव साङ्लो बनाइएको समन्वय समितिका सचिवालय संयोजक सुनिल पाण्डेले बताए । 
मानव साङ्लोमा सांसद रामचन्द्र पोख्रेल, सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारी,एमाले वैकल्पिक केन्द्रीय सदस्य पिएल श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, नेकपा माओवादी केन्द्रका आयोजक समिति सदस्य अतिन्द्रकेशरी न्यौपाने, फोरम लोकतान्त्रिकका अध्यक्ष दिपक भट्टराई, लगायत उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी, कर्मचारी एवं सर्वसाधारणको सहभागिता रहेको थियो ।
समन्वय समिति जिल्लालाई पूर्ण सरसफाईयुक्त बनाउने अभियानमा जुटेको छ । अभियान अन्तर्गत थप्रेक गाउँ विकास समितिलाई जिल्लाकै पहिलो पूर्ण सरसफाईयुक्त गाविस घोषणा गरिसकिएको छ । सतिस्वाँरा गाउँ विकास समितिको समेत सबै वडाहरु पूर्ण सरसफाईयुक्त भइसकेको र छिट्टै नै गाविसलाई पनि घोषणा गर्ने तयारी गरिएको छ । त्यस्तै तनहुँसुरको दुई, साभुङको पाँच, घाँसीकुवाको एक, भिरकोटको एक र फिरफिरेको जनशिशुकल्याण निमाविको विद्यालय क्षेत्र सरसफाईयुक्त भइसकेको छ । अभियान अन्तर्गत नै आज व्यास नगरपालिकाको वडा नम्बर १४ पोखरीभञ्ज्याङलाई सरसफाईयुक्त वडा घोषणा गर्ने कार्यक्रम रहेको छ ।

स्वास्थ्य शीबिर समापन कार्यक्रम

कान्तिपुर राष्ट्रिय दैनिक मा प्रकाशित समाचार

स्वास्थ्य सचिब श्री शान्त बहादुर श्रेष्ठ ज्यू को उपस्थितमा विशेष सरसफाई कार्यक्रम

 

Pages