व्यास नगरपालिकाको संक्षिप्त परिचय

सेती र मादी नदीको पवित्र संगम तटमा अवस्थित महर्षि र्वेद व्यास र पराशरको तपोभूमी  (कर्मक्षेत्र) रहेको यस व्यास नगरपालिका देशमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात दमौली गा.वि.स. र स्याम्घा गा.वि.स.को केही क्षेत्रलाई समेटेर २०४८ साल चैत्रमा व्यास नगरपालकाको नामाकरण गरी घोषणा गरिएको हो । नेपाल सरकार मन्त्री परिषद्को मिति २०७१ मार्ग १६ गतेको को निर्णयानुसार पोखरीभन्ज्याङ गा.वि.स.लाई यस नगरपालिकामा गाभिएको थियो भने नेपाल सरकारको २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार स्याम्घा र क्यामिन गा.वि.स.को सम्पूर्ण भाग, तनुहँसुर गा.वि.स.को वडा नं.४–९, केशवटार गा.वि.स.को वडा नं.