व्यास नगरपालिकाको संक्षिप्त परिचय

सेती र मादी नदीको पवित्र संगम तटमा अवस्थित महर्षि र्वेद व्यास र पराशरको तपोभूमी  (कर्मक्षेत्र) रहेको यस व्यास नगरपालिका देशमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात दमौली गा.वि.स. र स्याम्घा गा.वि.स.को केही क्षेत्रलाई समेटेर २०४८ साल चैत्रमा व्यास नगरपालकाको नामाकरण गरी घोषणा गरिएको हो । नेपाल सरकार मन्त्री परिषद्को मिति २०७१ मार्ग १६ गतेको को निर्णयानुसार पोखरीभन्ज्याङ गा.वि.स.लाई यस नगरपालिकामा गाभिएको थियो भने नेपाल सरकारको २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार स्याम्घा र क्यामिन गा.वि.स.को सम्पूर्ण भाग, तनुहँसुर गा.वि.स.को वडा नं.४–९, केशवटार गा.वि.स.को वडा नं. २–७, घाँसीकुवा गा.वि.स.को वडा नं.२–८, रिस्ती गा.वि.स.को वडा नं.१–५, ७–९ र सतिस्वाँरा गा.वि.स.को वडा नं.६–९ का वडाहरुलाई समावेश गरी व्यास नगरपालिका नगर कार्यापालिकाको कार्यालय नामाकरण गरी संघीय संरचना अनुसार पुर्नगठन गरिएको छ । काठमाण्डौंदेखि १५० कि.मी. पश्चिम तथा पोखराबाट ५० कि.मी. पूर्व पृथ्वी राजमार्गमा अवस्थित यो नगरपालिका नेपालको चार नम्बर प्रदेश अन्तर्गत तनहु जिल्लाको जिल्ला सदरमुकाम (दमौली) पनि हो । यस नगरपालिकालाई पूर्वमा भानु नगरपालिका र बन्दीपुर गाउपालिका, पश्चिममा म्याग्दे गाउपालिका र शुक्लागण्डकी नगरपालिका, उत्तरमा लम्जुङ र कास्की जिल्ला तथा रिषिङ र देवघाट गाउपालिकाले घेरिएको छ । 

२४८.०० वर्ग कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकालाई १४ वटा वडामा (२०७३ फाल्गुण २७ गतेसम्म १६८ टोल) विभाजन गरिएको छ । जसमध्ये वडा नं. २, ३ र ४ शहरी   क्षेत्र, वडा नं.१ ५ र १० अर्धशहरी क्षेत्र र बाँकी सबै वडाहरु ग्रामिण क्षेत्रमा पर्दछन् । यो नगरपालिका समुन्द्री सतहबाट २८० मी. देखि ११२० मी. सम्म उचाईमा रहेको छ भने न्यूनतम ८.४० सेल्सियस देखि अधिकतम ३७.०० सेल्सियस सम्म तापक्रम हुनुका साथै औषत वाषिर्क वर्षा १९६०.६ मि.मि.    हुने गरेको छ । 
 
  यस नगरपालिकाको जनसंख्यालाई हेर्ने हो भने २०५३ सालमा न.पा. बाट गरिएको एक सर्भेक्षण अनुसार २४२५९ कुल जनसंख्या रहेको थियो भने २०५८ सालको राष्ट्रिय जनगणना अनुसार पुरुष १३,४४९ र महिला १४,७९६ गरी कुल जनसंख्या २८,२४५ रहेको छ भने २०६७ मा नगरपालिकाले लिएको    जनसंख्या अनुसार पुरुस १७८६८ र महिला १७४१० गरी कुल ३५२७८  । त्यस्तै २०६८ सालको राष्ट्रिय जनगणना अनुसार महिला ३९०७५ र पुरुष ३१२६० गरी जम्मा ७०३३५ रहेको छ (जस अनुसार मगर १३७१५, ब्राम्हण १०६५६, क्षेत्री ९६२२, गुरुङ ६१८९,नेवार ६१०५, कामी ५३६०, सार्की ३१२३, दरै ३१०९, दमै २५३९, मुस्लिम १६५९, घर्ती भुजेल १६६१, ठकुरी १२६६, कुमाल १२५२, बोटे ७३९, सन्यासी ६७५, दुरा ६५४ र अन्य २०११) र घरपरिवार संख्या १८३३९ रहेको छ । यस न.पा.को जनघनत्व प्रति वर्ग कि.मी. २८३.६१ हुन आउछ । यस नगरपालिकको ९६ प्रतिशत जनसंख्या साक्षर रहेका छन् ।

 यस नगरपालिकामा मुख्य जाति समूहको रुपमा ब्राम्हण, मगर, क्षेत्री, दराई, नेवार, गुरुङ, कामी आदि रहेकाछन् । अधिराज्य भरिमानै दुर्लभ ठानिने दराई जातिको मुल थलोको रुपमा यसलाई लिइन्छ । चुड्का, घाटु र कौरा यहाका लोक दृष्य नृत्यहरु छन् । घाटु, भैलो, झ्याउरे र परम्परागत तीजका  गीतहरु तथा नृत्य पनि यस नगरपालिकाका र्सवाधिक लोकपृय संस्कृति हुन् । नगरवासीहरु आंसिक रुपमा जागिर, व्यापार व्यवसाय र वैदेशिक रोजगारमा संलग्न रहेतापनि कृषि नै जनजीवनको मुख्य आर्थिक स्रोत रहेको छ । सागे, बुल्दी, बोर्धन र छाब्दी खोलाका काखमा रहेका फाटहरु उर्भर र  सदावहार छन् भने कुमालटारी, बैरेनी र भादगाउ जस्ता साना ठूला टारहरु सिंचाईको अभावले छट्पर्टाई रहेका छन् ।

यस न.पा. (दमौली) बाट करीब ७ कि.मी. पूर्वमा रहेको छाब्दी बराहमा वर्षोनी हजारौं पर्यटक तथा शुभेच्छुकहरु पनि यसै नगरपालिकाको बाटो भएर गइरहने गर्दछन् । यस्ता व्यास नगरपालिका वरपर रहेका धार्मिक स्थलहरुमा घुटुक्दी वराह, निर्वु वराह, चम्रे ओडार, व्यास गुफा, शिवटाञ्चायन मन्दिर, पराशर गुफा र अनन्त गुफा आदि पर्दछन् । गणेशमान पार्क, बाल उद्यान पार्क, पानीको फोहरा आदि यस नगरपालिकामा रहेकाछन् भने भानुघासी स्मारक पार्कको संरक्षण र विकासका लागि यस नगरपालिकाले ठूलो योगदान दिंदै आइरहेको छ । 
२०५९ सालदेखि जनप्रतिनिधि विहिन अवस्थामा रहेको यस नगरपालिका विगतका दुइ निर्वाचनहरुमध्ये प्रथम निर्वाचन (२०४९) मा यस नगरपालिकाको सम्पूर्ण निर्वाचित पदाधिकारीहरुमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको थियो भने दोस्रो निर्वाचन (२०५४) मा नगर प्रमुख तथा उपप्रमुख लगायत (तत्कालिन वडा नं.५ का सम्पर्ण पद र वडा नं.१० को वडा अध्यक्ष एमाले) सम्पूर्ण पदमा नेपाली कांग्रेसले नै विजयी प्राप्त गरेको थियो ।

नगरपालिका स्थापनापूर्व यस न.पा.मा बाटो, विजुली, खानेपानी, टेलिफोन जस्ता भौतिक पूर्वाधारहरु केवल सदरमुकाम दमौलीमा मात्र सिमित थियो भने न.पा. स्थापना पश्चात् उक्त भौतिक सुविधाहरु विस्तारै न.पा. को ग्रामिण क्षेत्रमा पनि विस्तार गर्न नगरपालिका सफल भएको छ । यातायातको क्षेत्रमा मुख्य रुपमा पिच रोड ३५.८८ कि.मी., ग्राभेल बाटो ५४.५२ कि.मी., कच्ची (टेल बाटो समेत) १७०.८४ कि.मी., मुल ढल ८५७ मी. र शाखा ढल १६३३० मी. रहेको छ भने फड्के पुल, स्टिल पुल, कर्ल्भर्ट निर्माण आदि कार्यहरु गरेको छ । शिक्षा क्षेत्रमा यस नगरपालिकाले र्सार्वजनिक विद्यालयहरुको नया भवन निर्माण, कोठा थप, छाना मर्मत, फर्निचर निर्माण आदि कार्यहरु गर्दै आएको छ । खानेपानी तर्फमझौला तथा साना खानेपानी आयोजनाहरु निर्माण गरी उपभोक्तालाई हस्तान्तरण गर्दै आएको छ । स्वास्थ्य क्षेत्रमा मुख्य वजार क्षेत्रमा २ सरकारी अस्पताल र ५ निजी अस्पताल र क्लिनिक १४ रहेको छ भने न.पा.द्धारा संचालित स्वास्थ्यचौकी र गाउघर क्लिनिक कार्यक्रम प्रमुख रहेकाछन् । विजुली बत्ती करीब ९८ प्रतिशत आपूर्ति भइसकेको छ । शहरी इलाकामा १७०० लाइन टेलिफोन वितरण गरिएको छ भने ७० लाइन सि.डि.एम.ए. र मोवाइल ग्रामिण इलाकामा वितरण गरिएको छ । सरसफाई क्षेत्रमा दैनिक बजार क्षेत्रमा ८‍.५ टन फोहरमैला उठाउने कार्य गरिएको छ ।

यस नगरपालिकाले हालसम्म आफ्नो आम्दानीमा पनि बृद्धि गर्दै लगेको यथार्थता हालसम्मको आम्दानी तथ्यांकले देखाउदछ । शुरुका वर्षा (०४९।५०) कुल आफ्नै श्रोतको आम्दानी ३३ लाखबाट बढाएर ४ करोड ४२ लाखको हाराहारीमा पुर्याउन सफल भएको छ । आम्दानीको मुख्य श्रोतहरुमा पसल कवल भाडा, एकिकृत सम्पत्ति कर, नक्शापास दस्तुर, गिटी, वालुवा आदि रहेको छ । 

अन्तमा स्थानीय स्वायत्त निकायको रुपमा कार्यरत यस नगरपालिकाले नगरवासीहरुमा आफ्ना सेवाहरु र्सवसुलभ र छिटोछरितो रुपमा उपलब्ध गराउनुका साथै स्वच्छ र सफा खानेपानीको सुविधा उपलब्ध गराउने, प्रत्येक वडाहरुबाट दमौली बजार आउन जान यातायात चल्न सक्ने किसिमले कच्ची सडकहरुलाई क्रमश ग्राभेल निर्माण गर्ने, महिला, जनजाति तथा पिछडिएका वर्ग र समुदायहरुमा सामाजिक सेवा उपलब्ध गराउन पुर्वधारहरुको स्थापनामा सहयोग गर्ने, उन्नत कृषि प्रणाली, सामुदायिक वन उपभोक्ता समितिलाई क्रियाशील पार्ने तथा सो सम्बन्धी जनचेतना जगाउने खालका कार्यक्रमहरु संचालन गर्ने गराउने, बृक्षारोपण गर्ने गराउने तथा वातावरणीय सन्तुलन कायम राख्ने कार्यमा सहयोग पुर्याउने, सुव्यवस्थित बसोबासको व्यवस्था तथा नपुग वडाहरुमा विद्युतीकरणको कार्यक्रमलाई चरणबद्ध रुपमा अगाडि बढाउंदै लैजाने, शहरी क्षेत्रमा सरसफाई, ल्याण्डफिल साइट, पशुवधशाला, व्यवस्थित बसपार्क तथा रंगशाला, कालोपेत्र तथा ढल निकासको कार्यक्रमलाई प्राथमिकता दिने र चरणबद्ध रुपमा शहरी पूर्वाधार श्रृजना गर्दै जाने, महिला तथा पिछडिएका जनजातिमा स्वरोजगारको अवस्था श्रृजना गर्न विभिन्न सिपमूलक तालिमको माध्यमबाट सहयोग उपलब्ध गराउने, ग्रामिण इलाकामा बसोबास गर्ने नगरवासीहरुका न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नगरक्षेत्रमा बसोबास गर्ने निक्षररहरुलाई साक्षर बनाउने, प्राकृतिक सौर्न्दर्य र सांस्कृतिक धरोहरहरुको संरक्षण र सर्म्बर्द्धनका साथै पर्यटकीय महत्वलाई उजागर गर्ने लक्ष्य लिई आफ्नो श्रोत र साधनले भ्याएसम्म अविरल गतिमा अगाडि बढी रहेको यस नगरपालिकालाई नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नगर विकास कोष, यु.डि.एलर्.इ. जिल्ला समन्वय समिति, गाउ नगर साझेदारी विकास कार्यक्रम, भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल र यु.एन.डि.पि. आदि सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग गरी अहंम भूमिका खेलिरहेकाछन् ।