FAQs Complain Problems

समाचार

शहिद गाँउ पुलिमर्याङ

Read More

व्यास नगरपालिकाको संक्षिप्त परिचय

सेती र मादी नदीको पवित्र संगम तटमा अवस्थित महर्षि र्वेद व्यास र पराशरको तपोभूमी  (कर्मक्षेत्र) रहेको यस व्यास नगरपालिका देशमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात दमौली गा.वि.स. र स्याम्घा गा.वि.स.को केही क्षेत्रलाई समेटेर २०४८ साल चैत्रमा व्यास नगरपालकाको नामाकरण गरी घोषणा गरिएको हो । नेपाल सरकार मन्त्री परिषद्को मिति २०७१ मार्ग १६ गतेको को निर्णयानुसार पोखरीभन्ज्याङ गा.वि.स.लाई यस नगरपालिकामा गाभिएको थियो भने नेपाल सरकारको २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार स्याम्घा र क्यामिन गा.वि.स.को सम्पूर्ण भाग, तनुहँसुर गा.वि.स.को वडा नं.४–९, केशवटार गा.वि.स.को वडा नं. २–७, घाँसीकुवा गा.वि.स.को वडा नं.२–८, रिस्ती गा.वि.स.को वडा नं.१–५, ७–९ र सतिस्वाँरा गा.वि.स.को वडा नं.६–९ का वडाहरुलाई समावेश गरी व्यास नगरपालिका नगर कार्यापालिकाको कार्यालय नामाकरण गरी संघीय संरचना अनुसार पुर्नगठन गरिएको छ । काठमाण्डौंदेखि १५० कि.मी. पश्चिम तथा पोखराबाट ५० कि.मी. पूर्व पृथ्वी राजमार्गमा अवस्थित यो नगरपालिका नेपालको चार नम्बर प्रदेश अन्तर्गत तनहु जिल्लाको जिल्ला सदरमुकाम (दमौली) पनि हो । यस नगरपालिकालाई पूर्वमा भानु नगरपालिका र बन्दीपुर गाउपालिका, पश्चिममा म्याग्दे गाउपालिका र शुक्लागण्डकी नगरपालिका, उत्तरमा लम्जुङ र कास्की जिल्ला तथा रिषिङ र देवघाट गाउपालिकाले घेरिएको छ । 

२४८.०० वर्ग कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकालाई १४ वटा वडामा (२०७५ असार ३१ गतेसम्म २३५ टोल) विभाजन गरिएको छ । जसमध्ये वडा नं. २, ३ र ४ शहरी   क्षेत्र, वडा नं.१ ५ र १० अर्धशहरी क्षेत्र र बाँकी सबै वडाहरु ग्रामिण क्षेत्रमा पर्दछन् । यो नगरपालिका समुन्द्री सतहबाट २८० मी. देखि १२२० मी. सम्म उचाईमा रहेको छ भने न्यूनतम ८.४० सेल्सियस देखि अधिकतम ३७.०० सेल्सियस सम्म तापक्रम हुनुका साथै औषत वाषिर्क वर्षा १९६०.६ मि.मि.    हुने गरेको छ । 
 
  यस नगरपालिकाको जनसंख्यालाई हेर्ने हो भने २०५३ सालमा न.पा. बाट गरिएको एक सर्भेक्षण अनुसार २४२५९ कुल जनसंख्या रहेको थियो भने २०५८ सालको राष्ट्रिय जनगणना अनुसार पुरुष १३,४४९ र महिला १४,७९६ गरी कुल जनसंख्या २८,२४५ रहेको छ भने २०६७ मा नगरपालिकाले लिएको    जनसंख्या अनुसार पुरुस १७८६८ र महिला १७४१० गरी कुल ३५२७८  । त्यस्तै २०६८ सालको राष्ट्रिय जनगणना अनुसार महिला ३९०७५ र पुरुष ३१२६० गरी जम्मा ७०३३५ रहेको छ (जस अनुसार मगर १३७१५, ब्राम्हण १०६५६, क्षेत्री ९६२२, गुरुङ ६१८९,नेवार ६१०५, कामी ५३६०, सार्की ३१२३, दरै ३१०९, दमै २५३९, मुस्लिम १६५९, घर्ती भुजेल १६६१, ठकुरी १२६६, कुमाल १२५२, बोटे ७३९, सन्यासी ६७५, दुरा ६५४ र अन्य २०११) र घरपरिवार संख्या १८३३९ रहेको छ । यस न.पा.को जनघनत्व प्रति वर्ग कि.मी. २८३.६१ हुन आउछ । यस नगरपालिकको ८३ प्रतिशत जनसंख्या साक्षर रहेका छन् ।
 

Pages

पदाधिकारी

नगर प्रमुख
mayor@vyasmun.gov.np
९८५६०६११६२
उप– प्रमुख
joshimira2016@gmail.com
९८५६०६११६३
प्रमुख प्रशासकिय अधिकृत
pantdinesh@gmail.com
9856002111
सूचना अधिकृत
gjawagle@gmail.com
९८४६०३७२७०/ ०६५५६११६९

Services

सेवा प्रकारः- दर्ता तथा चलानि
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- दर्ता चलानि शाखा
सेवा दिने कार्यालयः- व्यास नगरपालिका/वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

-तोकआदेश भई आएका निवेदन/सिफारिस

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव/पंञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- व्यास नगरपालिका/वडा कार्यालय
सेवा शुल्कः- निशुल्क - ३५ दिन भित्र(३५ दिन पछाडि रु ५० जरिवाना लाग्नेछ )
आवश्यक कागजातहरुः-

-सम्बन्धित व्यक्तिको नागरिकता/जन्मदर्ता(तिन पुस्ते विवरण सहित)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव/पंञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- व्यास नगरपालिका/वडा कार्यालय
सेवा शुल्कः- निशुल्क - ३५ दिन भित्र(३५ दिन पछाडि रु ५० जरिवाना लाग्नेछ )
आवश्यक कागजातहरुः-

-अदालतको मिलापत्र वा फैसला(तिनपुस्ते नाम सहित)/सम्बन्धित व्यक्तिको नागरिकताको छाँयाकपि  

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिवपंञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- व्यास नगरपालिका/वडा कार्यालय
सेवा शुल्कः- निशुल्क - ३५ दिन भित्र(३५ दिन पछाडि रु ५० जरिवाना लाग्नेछ )
आवश्यक कागजातहरुः-

-बँसाईसराई गरि जाने समपुर्ण व्यक्तिको नागरिकता/जन्म दर्ता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ७ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव/पंञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- व्यास नगरपालिका/वडा कार्यालय
सेवा शुल्कः- निशुल्क - ३५ दिन भित्र(३५ दिन पछाडि रु ५० जरिवाना लाग्नेछ )
आवश्यक कागजातहरुः-

-सुचकको नागरिकत/मृतकको नगरिकता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ५ मितेट
जिम्मेवार अधिकारीः- वडा सचिव/पंञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- व्यास नगरपालिका/वडा कार्यालय
सेवा शुल्कः- निशुल्क - ३५ दिन भित्र(३५ दिन पछाडि रु ५० जरिवाना लाग्नेछ )
आवश्यक कागजातहरुः-

-माता/पिताको नागरिकता

सेवा प्रकारः- अन्य
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- व्यास न.पा/वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

- निवेदन पेश गरि तोकआदेश अनुरुप

सेवा प्रकारः- अन्य
सेवा समयः- कार्य अनुरुप
जिम्मेवार अधिकारीः- व्यास नगरपालिका
सेवा दिने कार्यालयः- व्यास नगरपालिका कार्यालय तथा न.पा अन्तरगतका वडा कार्यालयहरु
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

नियमानुसार(नियमानुसार सम्सोधन हुन सक्ने)

सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित शाखा
सेवा दिने कार्यालयः- न.पा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१.सम्बन्धित टोलका व्यक्तिहरुको निवदनको साथ सम्बन्धित वडाको सिफारिस

सेवा प्रकारः- अन्य
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- सुचना अधीकारी
सेवा दिने कार्यालयः- न.पा कार्यालय, वडा कार्यालय
सेवा शुल्कः- सिफारिसको प्रकृति हेरि ३०५ देखि ४०५ सम्म
आवश्यक कागजातहरुः-

१.सिफारिसको प्रकृति हेरि आवश्यक कागजात पेश गर्नुपर्ने

Pages

जानकारी