FAQs Complain Problems

समाचार

नगर सभा सदस्य

Read More

व्यास नगरपालिकाको संक्षिप्त परिचय

सेती र मादी नदीको पवित्र संगम तटमा अवस्थित महर्षि र्वेद व्यास र पराशरको तपोभूमी  (कर्मक्षेत्र) रहेको यस व्यास नगरपालिका देशमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात दमौली गा.वि.स. र स्याम्घा गा.वि.स.को केही क्षेत्रलाई समेटेर २०४८ साल चैत्रमा व्यास नगरपालकाको नामाकरण गरी घोषणा गरिएको हो । नेपाल सरकार मन्त्री परिषद्को मिति २०७१ मार्ग १६ गतेको को निर्णयानुसार पोखरीभन्ज्याङ गा.वि.स.लाई यस नगरपालिकामा गाभिएको थियो भने नेपाल सरकारको २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार स्याम्घा र क्यामिन गा.वि.स.को सम्पूर्ण भाग, तनुहँसुर गा.वि.स.को वडा नं.४–९, केशवटार गा.वि.स.को वडा नं. २–७, घाँसीकुवा गा.वि.स.को वडा नं.२–८, रिस्ती गा.वि.स.को वडा नं.१–५, ७–९ र सतिस्वाँरा गा.वि.स.को वडा नं.६–९ का वडाहरुलाई समावेश गरी व्यास नगरपालिका नगर कार्यापालिकाको कार्यालय नामाकरण गरी संघीय संरचना अनुसार पुर्नगठन गरिएको छ । काठमाण्डौंदेखि १५० कि.मी. पश्चिम तथा पोखराबाट ५० कि.मी. पूर्व पृथ्वी राजमार्गमा अवस्थित यो नगरपालिका नेपालको चार नम्बर प्रदेश अन्तर्गत तनहु जिल्लाको जिल्ला सदरमुकाम (दमौली) पनि हो । यस नगरपालिकालाई पूर्वमा भानु नगरपालिका र बन्दीपुर गाउपालिका, पश्चिममा म्याग्दे गाउपालिका र शुक्लागण्डकी नगरपालिका, उत्तरमा लम्जुङ र कास्की जिल्ला तथा रिषिङ र देवघाट गाउपालिकाले घेरिएको छ । 

२४८.०० वर्ग कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकालाई १४ वटा वडामा (२०७५ असार ३१ गतेसम्म २३५ टोल) विभाजन गरिएको छ । जसमध्ये वडा नं. १, २, ३ र ४ शहरी   क्षेत्र, वडा नं.५, ७, १० र ११ अर्धशहरी क्षेत्र र बाँकी सबै वडाहरु ग्रामिण क्षेत्रमा पर्दछन् । यो नगरपालिका समुन्द्री सतहबाट २८० मी. देखि १२४५ मी. सम्म उचाईमा रहेको छ भने न्यूनतम ८.४० सेल्सियस देखि अधिकतम ३७.०० सेल्सियस सम्म तापक्रम हुनुका साथै औषत वाषिर्क वर्षा १९६०.६ मि.मि. हुने गरेको छ । 
 
  यस नगरपालिकाको जनसंख्यालाई हेर्ने हो भने २०५३ सालमा न.पा. बाट गरिएको एक सर्भेक्षण अनुसार २४२५९ कुल जनसंख्या रहेको थियो भने २०६८ सालको राष्ट्रिय जनगणना अनुसार पुरुष ३१,२६० र महिला ३९,०७५ गरी कुल जनसंख्या ७०३३५ रहेको छ भने २०७८ सालको राष्ट्रिय जनगणना २०७८ अनुसार यस पुरुष ३६१५७ र महिला ४२७८२ गरी कुल ७८९३९ रहेको छ भने घरधुरी संख्या २२५८५ रहेको छ । यस न.पा.को जनघनत्व प्रति वर्ग कि.मी. ३१८।३० हुन आउछ । यस नगरपालिकको  ७६ प्रतिशत जनसंख्या साक्षर रहेका छन् ।
 

Pages

पदाधिकारी

नगर प्रमुख
mayor@vyasmun.gov.np
९८५६०६११६२
उप– प्रमुख
indiradarai60@gmail.com
९८५६०६११६३
प्रमुख प्रशासकिय अधिकृत
vyasmunicipality@gmail.com
9856002111
सूचना अधिकारी
kkgc517@hotmail.com
९८५६०६०५१७\०६५५६४१६९

Services

सेवा प्रकारः- संघ संस्था दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- समाज कल्याण शाखा प्रमुख
सेवा दिने कार्यालयः- व्यास नगरपालिका
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-

१.सम्बन्धित टोल संगठनको सिफारिस

२.सम्बन्धित वडा अध्यक्षको सिफारिस

Pages

जानकारी